बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयमा विप्लवको विद्यार्थीद्वारा तालाबन्दी

शनिबार, २३ माघ २०७२, १३ : १३
शनिबार, २३ माघ २०७२

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरिएको छ । शुक्रबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप