बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बागलुङका कँडेलको जापानमा दुर्घटनामा मृत्यु

शनिबार, २३ माघ २०७२, १३ : २८
शनिबार, २३ माघ २०७२
जापान– रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट– ९ काँडेवासका २१ वर्षीय ओमकार कँडेलको यहाँ मृत्यु भएको छ । पारिवारिक भिसामा १९ महिनाअघि जापान आएका कँडेलको टोकियोबाट १३ किलोमिटरको दुरीमा रहेको ओओमोरी खाइदान भन्ने स्थानमा भएको रेल दुर्घटनामा मृत्यु भएको हो । टोकियोको कामातामा बुबा,आमा र भाइसँगैं बस्दै आएका कँडेल केही दिन अघिदेखि घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर रहेको मृतकका बाबु टोपलालले बताए । बिहीबार दिउँसो २ बजे ओओमोरी खाइदान स्टेसनमा गुडिरहेको तीव्रगतिको रेलको ठक्करबाट शव क्षत विक्षत भएका कारण पहिचान गर्न समय लागेको टोकियो महानगरका प्रहरीले जानकारी दिएका छन् । टोकियो प्रहरीले ढिलो गरी शुक्रबार अपरान्न नेपाली राजदूतावासलाई जानकारी गराएको थियो । घटनापछि कंँडेल परिवार शोकाकुल भएको छ भने जापानवासी नेपाली चिन्तित भएका छन् । मृतक कंँडेलको शव अहिले पनि प्रहरी नियन्त्रणमा रहेको र सोमबार मेगुरोस्थित स्थानीय दाहसंस्कार केन्द्रमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप