बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलनको औँचित्य छैनः निधि

शनिबार, २३ माघ २०७२, १३ : ३१
शनिबार, २३ माघ २०७२

जनकपुरधाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नं ३ का सांसद विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य समाप्त भएको बताएका छन् ।

नेता निधिले मधेस केन्द्रित दलको प्रमुख मागअनुसार जनकपुर मधेस प्रदेशमै आइसकेकाले मधेस प्रदेशमा आउन नसकेका भूभागका लागि आन्दोलन गर्न मोर्चा पक्षधरलाई सुझाउ दिए । मधेसमा दुई प्रदेशको प्रस्तावमाथि पूर्ण समर्थन रहेको भन्दै उनले भने, “सो कुरामा सहमति जुट्न सक्छ ।”

अहिले प्रदेश नं २ का अधिकांश जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको र पार्टीको आन्तरिक कारणबाट स्थगित जिल्लामा समेत धमाधम अधिवेशन सम्पन्न भइरहेको उनले बताए । उनले ‘लोकतन्त्रमा कुनै दलद्वारा अन्य दलको कार्यक्रममा अवरोध गर्नु राजनीतिक संस्कार होइन’ भने । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप