बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा ब्रेन ट्युमरको सफल शल्यक्रिया

शनिबार, २३ माघ २०७२, १३ : ३७
शनिबार, २३ माघ २०७२
पथरी (मोरङ) - विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ । धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको (एैजेरु) ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गर्नुभएको हो । साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आउनु भएको थियो । अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहेको जानकारी दिनुभयो । उपचारपछि बिरामी याख्खाले भन्नुभयो, “अहिले म स्फुर्त छु, काम गर्न सक्छु जस्तो लाग्छ ।” विराटनगरमा ट्युमरको सफल शल्यक्रिया भएपछि उपचारका लागि काठमाडौँ धाउनुपर्ने झन्झटबाट पूर्वाञ्चलबासी मुक्त भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप