बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

शनिबार, २३ माघ २०७२, १३ : ४१
शनिबार, २३ माघ २०७२
काठमाडौँ– अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ । उक्त प्रणाली नेपालको पश्चिमी र दक्षिण पश्चिमी भेगबाट गए राति प्रवेश गरेका कारण नेपालको आकाश बादलले ढाकेको मौसमविद् सुवास रिमालले बताए । “राति नेपाल प्रवेश गरेको प्रणालीले मुलुकभर बद्ली भएको छ, यो प्रणाली आज बेलुकाबाट हटेपनि पुनः मध्यरातबाट अर्को प्रणाली (पश्चिमी न्यूनचापीय क्षेत्रको विकासबाट बन्ने) आउँदैछ । पश्चिमी क्षेत्रमा आइतबार अपराह्नपछि वर्षा हुनेछ”–उनले भने । सोही प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात हुने र सोमबारदेखिमात्र मौसममा सुधार आउनेछ । पश्चिमी न्यूनचापीय प्रणाली बढी शक्तिशाली र सक्रिय भएमात्रै काठमाडौँ उपत्यकामा असर पर्ने नत्र सामान्य रहने मौसमविद् रिमालले उल्लेख गरे । उपत्यकासहित देशभर बद्लीसँगै न्यूनतम तापक्रम बढे पनि घाम नलागेका कारण आज बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २१ डिग्रीसेल्सियस रहेपनि एक दुई दिन बद्ली रहने भएकाले अझै न्यूनतम तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप