बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कालोबजारीमा संलग्न रहेको भन्दै वाइसियलले गर्‍यो आफ्नै केन्द्रिय सदस्यमाथि कारबाहीको घोषणा

शनिबार, २३ माघ २०७२, १३ : ५७
शनिबार, २३ माघ २०७२

काठमाडौं– एमाओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाइसियल)ले कालोबजारीमा संलग्न रहेको भन्दै केन्द्रिय सदस्य शंकर गिरीलाई कारबाही गरेको घोषणा गरेको छ । वाईसियलको शनिबार बर्दिबासमा भएको उपलब्ध केन्द्रिय समितिको बैठकले ओखलढुंगाका गिरीलाई कारबाही गर्ने घोषणा गरेको वाइसियलका कार्यालय सचिव नविन खड्काले रातोपाटीलाई बताए ।

उनका अनुसार बैठकले गिरीलाई निलम्बन गरेको छ भने  थप वाईसियल आफैंले अनुसन्धान समेत गरिरहेको छ ।

केहि साताअघि मात्रै सम्पन्न राष्ट्रिय सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनबाट वाइसियलले कालोबजारी र भ्रष्टचारी कसैलाई पनि नछाड्ने घोषणा गरेको थियो । सोहि बमोजित आफ्नौ संगठनको  व्यक्ति नै कालोबजारीमा लागेको पाइएपछि वाइसियलले कारबाही गरेको खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप