बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्ज रक्सौल नाकाको तनाव साम्य, नाका निर्वाधरुपमा संचालन

शनिबार, २३ माघ २०७२, १५ : १६
शनिबार, २३ माघ २०७२

वीरगन्ज– (अपडेट ) प्रहरीको हस्तक्षेपपछि  वीरगन्ज रक्सौल नाकाको  तनाव साम्य भएको छ । फेरी नाकामा धर्ना दिन भन्दै पुगेका मधेसी मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच वीरगन्ज रक्सौल नाकामा ढुंगा हानाहान भएपछी तनाब भएको थियो । तनाव साम्य भएसँगै अहिले नाकाबाट सवारीसाधानहरु बाहिरिने भित्रिने क्रम जारी छ ।

[caption id="attachment_28653" align="alignleft" width="671"] file photo[/caption]

हिजो धर्नामा आन्दोलनकारीको उपस्थिति नरहेको अवस्थामा स्थानीय व्यापारीहरुले  आन्दोलनकारीहरु बस्ने टेन्ट हटाएर आगो लगाइदिएका थिए भने सवारी रोक्न ठडाइएका ढाटहरु तोडफोड गरेका थिए ।त्यसमा भारतीयले समेत साथ दिएका थिए   ।  नेपालको सीमानाका बन्द हुँदा आफूह्रुलाई समेत समस्या हुने भन्दै उनीहरुले सीमानाका  बन्दको विरोध गर्न थालेका छन् ।

यसैबीच मधेसी मोर्चाले आन्न्दोलन फिर्ता नभएसम्म नाकाकोे धर्ना जारी राख्ने निर्णय गरेको छ । मधेसी मोर्चाको बारा र पर्साको बैठकले केन्द्रीय स्तरबाट आन्न्दोलन फिर्ता नभएसम्म नाकाकोे धर्ना जारी राख्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप