बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेश दुतावासको अध्ययन छात्रबृद्धिको विवाद छिटो टुङग्याउन माग

शनिबार, २३ माघ २०७२, १५ : २७
शनिबार, २३ माघ २०७२

काठमाडौ– नेपाल स्थित बंगलादेश दुतावासको सेल्फ फाईनान्स योजना अन्र्तगत बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीहरुले त्यसमा उत्पन्न विवाद तत्काल छानविन गरी निरुपण गर्न माग गरेका छन । विद्यार्थीहरुले शनिवार राधानीमा पत्रकार सम्मेलन गरि चार जना विद्यार्थीहरुको प्रमाणपत्र नक्कली भएको विषयमा भएको छानविन टुङग्याउन ढिलाई गर्दा आफूहरुले यस शैक्षिकसत्रबाट अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै शिक्षा मन्त्रालयलाई तत्काल छानविन सकेर आफूहरुलाई पढ्ने बातावरण बनाई दिन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा शेरे बंगला मेडिकल कलेजमा एमवीवीएसमा अध्ययनको लागि छनौट एकी विद्यार्थी सुदिक्षा आचार्यले आगामि फेब्रुअरी ११ सम्ममा आफूहरुले भर्ना गर्नु पर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानविनको नाममा प्रक्रिया अडकाईरहेकोले आफूहरु समस्यामा परेको र एक वर्षको पढाई बर्बाद हुने स्थिति उत्पन्न भएको गुनासो गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप