बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कापी पाएर दंग बालबालिका

शनिबार, २३ माघ २०७२, १५ : ३५
शनिबार, २३ माघ २०७२

जलेश्वर –जिल्लाको विकट गाउ मध्येको एक धिरापुर ८ सिरसियामा वालवालिकाहरु श्री राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा लामबद्ध वसेका थिए । सोहि वेला नं. ९ वाहिनीका सहायक वाहिनीपती कर्नल हरेन्द्र पाठकले कापी,ईरेजर र पेन्सिल एकजना वच्चालाई दिएर राम्ररी पढ्न भने । उनीपछि महोत्तरीका निमित प्रमुख जिल्ला अधिकारी किरण थापाले समेत त्यसरी नै अर्का एक वालकलाई कापी,पेन्सिल र ईरेजर दिदै उज्वल भविष्यको कामना गरे र सुरुभयो लामबद्ध वसेका वालवालिकाहरु खुसी हुने क्रम । परिसरमा वसेका सवै ससाना नानीहरुले ती सामग्रीहरु र खेल्ने सामानहरु लिदै खुसीहुदै परिसरबाट बाहिरिने क्रम जारी थियो लाग्थ्यो आफ्नै कसैले पढन सघाए भनेर । यो अवसर जुराएका थिए नेपाली सेनाका प्रकौली स्थित फस्ट राईफल गणले आयोजना गरेको स्वास्थय शिविरमा । स्वास्थ्य शिविरमै स साना वालवालिकाहरुलाई कापी वितरण, निर्वाचन आयोगको मतदाता नामावली दर्ता कार्यक्रम र जिल्ला कृषी विकास कार्यालयको विउ विजन वितरण कार्यक्रम संगै रहेको थियो । हजार भन्दा वढी स्थानियहरुलाई निशुल्क स्वास्थ्य परिक्षण,औषधी वितरण ,विउ विजन वितरण लगायतका विभिन्न सेवा दिएर स्थानियहरुको मन जित्न भने स्थानिय निकाय र नेपाली सेना सफल भएका थिए । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा स्त्रीरोग विशेषज्ञ,हाडजोर्नी विशेषज्ञ,आँखा,कान तथा ओपिडीमा जाच गरिने सवै रोगको जाच गरि आवश्य औषधी वितरण गरेर सेना र जनता विच सुमधुर सम्बन्ध बनाउन खोजिएको फस्ट राईफल गणका गणपति युवधिर मान सिंहले बताउदै यस्ता कार्यक्रमहरु अव निरन्तर भैरहने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप