बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

असोज ७ पछि पहिलोपटक वीरगन्ज नाकाबाट ग्यासका बुलेट भित्रिए

शनिबार, २३ माघ २०७२, १६ : ०९
शनिबार, २३ माघ २०७२

वीरगन्ज– देशको प्रमुख नाका मानिने वीरगन्ज रक्सौल नाकाबाट असोज गत असोज ७ गतेपछि पहिलो पटक ग्यासको बुलेट भित्रिएका छन् । आज अपरान्ह तीन ओटा ग्यासका बुलेट नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयका एक अधिकारीले जानकारी दिए ।

गत असोज ७ यता मधेसी मोर्चाले निरन्तर धर्ना दिएपछि सो नाकाभएर इन्धनसहितका कुनैपनि गाडीहरु भित्रिन पाएका थिएनन् । तर हिजो धर्नामा आन्दोलनकारीको उपस्थिति नरहेको अवस्थामा स्थानीय व्यापारीहरु पुगेर आन्दोलनकारीहरु बस्ने टेन्ट हटाएर आगो लगाइदिएका थिए भने सवारी रोक्न ठडाइएका ढाटहरु तोडफोड गरेका थिए । सोलगत्तै यातायातका साधनहरुको आवाजावत सुरु भएको थियो । अहिले वीरगन्ज नाकाभएर निर्वाधरुपमा गाडीहरु भित्रिने बाहिरिने क्रम चलिरहेको हाल सीमा क्षेत्रमै रहेका रातोपाटीकर्मी अमित अग्रवालले जनाएका छन् । यसअघि दिउँसो मोर्चाका कार्यकर्ताहरु पुन धर्ना दिन भन्दै सीमाक्षेत्रमा पुगेपछि भारतीय नागरिक र मोर्चाका कार्यकर्ताबीच ढुंगाहानाहान भएपनि प्रहरीले उनीहरुलाई धपाएको थियो ।

वीरगन्ज नाका खुलेकोमा सर्वसाधारणद्वारा स्वागत

वीरगन्ज नाका खुलेपछि सर्वसाधारणले त्यसको स्वागत गरेका छन् । विगत चार महिना भन्दा बढी समय देखि बन्द भएर थलिएको वीरगन्जमा सर्वसाधारणहरुले अब जनजीवन समान्य बन्ने आशा व्यक्त गरेका छन् । नाकाबन्दीले वीरगन्ज तथा रक्सौल दुवै तर्फको उद्योग व्यपार धरासय भई रहेका बेला जनताको सहजताका लागि नाकालाई खुल्ला गर्नु राम्रो भएको उद्योगपति व्यवसायी, स्र्वासाधारण तथा मधेसवादी दलका नेताहरु नै स्वागत गरेका छन् । नाका बन्दीलाई सर्वसाधारणले खुल्ला गरी जनजिवनलाई सहजता प्रदान गरेपनि मधेसवादी दलले राखेको मागलाई अव सरकारले वार्ता सम्वादबाट समाधान गरी मुलुकलाई निकास दिनु पर्ने वीरगन्जका स्थानियवासी किशन अग्रवालले बताए । नाकाबन्दीलाई जनताले हस्तक्षेप गरी खोलेको कार्य सराहनीय भएको नेपाल सद्भावना पार्टीका महासचिव शिव प्रसाद पटेलले बताए । नाकामा जारी अवरोधलाई जानताले हटाउनु सराहनी पक्ष रहेको बताउदै वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप केडियाले नाकाको अवरोध आन्दोलनरत दलहरु कै सहमतिमा समाप्त गरिएको भए अझै राम्रो हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप