बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१२ औं सागमा नेपालले पदकको खाता खोल्यो

शनिबार, २३ माघ २०७२, १६ : ४६
शनिबार, २३ माघ २०७२

गुवाहाटी– १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा देवी चौधरीले नेपाललाई पहिलो पदक दिलाएकी छिन् । प्रतियोगीताको दोस्रो दिन भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागी पहिलो दिलाएका हुन् ।

शनिबार भारतको गुहावटी स्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडीयममा चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिईन् । कास्य पदक जितेसँगै उनी दक्षिण एशियाली खेलकुदको भारोत्तोलन तर्फ पदक दिलाउने पहिलो महिला खेलाडी समेत बन्न सफल भएकी छिन् । नेपाल पुलिस क्लवबाट खेल्दै आएकी चौधरीले स्नाचमा कूल एक सय २९ केजी भार वहन गरेकी थिईन् । उनले कास्य जित्दा भारतकी हर्षदिप कौरले स्वर्ण जितिन् भने श्रीलंककी चमारी मेण्डिसले रजत पदक जितिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप