बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘हिन्दुराष्ट्र’ नहुँदा देशको परिचय गुम्योः दीनबन्धु पोखरेल

शनिबार, २३ माघ २०७२, १६ : ५४
शनिबार, २३ माघ २०७२
दाङ , माघ २३ – वाचन पण्डित दिनबन्धु पोखलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको वताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । नेपालकै पख्र्यात कथा वाचक पोखरेलले २०६२÷०६३को जनआन्दोलनको मर्म धर्मका वारेमा नभएको तर त्यसको मर्म विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र गराउने गल्ति नेताहरुले गरेको आरोप लगाए । उनले नेताहरु कतिपय दलका नेताहरु विदेशको इशारामा चलेकोले उनीहरुकै अकर्मन्यताले आज समाजमा विखण्डन र विभेदीकरण बढेको बताए । बेद एउटा विश्व सभ्यताको जननी भएको चर्चा गरेका उनले नेपालबाट डोटीबाट योगको जम्न भएकोले भारतमा रामदेवले योग जन्माए भन्नु सरासर झुट भएको वताए । उनले बुद्ध जन्मस्थल,मानव सभ्यताको जन्मस्थल नेपालले एक पटक फेरि विश्वसभ्यताको शुरु नेपालवाटै गर्नु पर्ने वताए । कार्यक्रममा गायिका कोमल वलीले पछिल्लो समय धार्मिक सहिष्णुता भएको मुलुकमा क्रिष्चयनहरुले गर्दा चुनौति थपिएको चिन्ता व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप