बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सर बिरुद्ध अन्नपूर्णको साइकल र्‍याली

शनिबार, २३ माघ २०७२, १६ : ५८
शनिबार, २३ माघ २०७२

काठमाडौ– अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियान अन्तर्गत बृहत साइकल ऱ्याली गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ’ भन्ने मुख्य नारा सहित क्यान्सर बिरुद्ध जनचेतना जगाउन बृहत साइकल ऱ्याली आयोजना गरेको हो । ऱ्यालीमा राजनीतिक दलका नेता, प्रशासक, क्यान्सर रोगविरुद्ध संघर्ष गरिरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षानिकायका पदाधिकारी, निजामती कर्मचारी, कानुन व्यवसायी, संचारकर्मी, खेलाडी, कलाकार लगायतका अभियानमा ऐक्यबद्धता जनाउने समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहेको थियो । ऱ्यालीमा १ हजार २ सय जनाले सहभागीता जनाएका थिए । गैरीगाउा तीनकुनेस्थित नेटवर्कको कार्यालय प्रांगणबाट सुरु भएको ऱ्याली माइतीघर, भऽकाली, तीनधारा, जमल, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, पाटनदरबार स्क्वायर, च्यासल फुटबल ग्राउन्ड, शंखमूल, कोटेश्वर हुादै सुरु अन्नपूर्ण पोष्टको कार्यालयमै आएर टुंगिएको थियो । ‘क्यान्सर रोग बिरुद्ध जनचेतना जगाउन यो अभियान संचालन गरेका हौ’ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने ‘आगामी बर्ष पनि यसलाई निरन्तरता दिन्छौ ।’ अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक कर्पोरेट दायित्व र प्रतिबद्धता अनुसार नेपाल क्यान्सर केयर फाउन्डेसनसागको साझेदारीमा बर्षेनी यो अभियान सञ्चालन गर्दै आएको छ । यसैबीच क्यान्सर बिरुद्ध जनचेतना जगाउन साइकल ऱ्यालीमा सहभागी बनेका हरिकृष्ण धामी ऱ्यालीको बिजेता बनेका छन् । ऱ्यालीमा सहभागी मध्येबाट गरिरएको लक्की ड्रमा धामी विजेता बनेका हुन ्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप