बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलमा पानी मिसाएको कुरा भन्दिन भन्दाभन्दै फुस्किएपछि... (भिडियो)

शनिबार, २३ माघ २०७२, १७ : १०
शनिबार, २३ माघ २०७२
माघ २२ काठमाडौं - पछिल्लो समय नाकाबन्दीको कारण नेपालमा धेरै कालोबजारी बढिरहेको छ । खानापकाउने ग्याँस देखि पेट्रोलियम पदार्थको निकै नै कालोबजारी भएको पाइन्छ । यस्तैक्रममा कालोबजारी लाई मध्यनजर गर्दै गोफ्ले गोपी नामक एक छोटो फिल्ममा पेट्रोलको बिषयलाई उठाईएको छ । पेट्रोल महंगोमा बेच्ने र त्यो पनि पानी मिसाएर बेच्ने गरेको कथामा समावेश भिडियो निकै रमाइलो बनाईएको छ । एक गोफ्ले पात्रले पेट्रोल बेच्दा लुकाउने पर्ने कुरा फुस्काउँदाको कुरालाई रमाइलो तरिकाले भिडियोमा देखाईएको छ । भिडियोमा गोपिकृष्ण चापागाईले कथा तथा निर्देशन रहेको छ । कलाकार पेमा लामा, गोपिकृष्ण चापागाई, रबिन राई, नविन भट्टराई, निरज पन्थि, राजेस्वर श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । भिडियो एनवी थापाले खिचेका हुन् । गोफ्ले गोपी टिमले यसभन्दा अघि खाना पकाउने ग्याँसको बिषयमा रमाइलो भिडियो (गोफ्ले गोपी भाग १) निर्माण गरेको थियो । https://www.youtube.com/watch?v=HXAveiFpuA0

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप