मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाटनको मूर्ति ल्याउने मेला (फोटोफिचर)

आइतबार, २४ माघ २०७२, १० : ३९
आइतबार, २४ माघ २०७२

ललितपुर – ललितपुरको सातदोवाटो अगाडि सुनाकोठी नपुग्दै एउटा ढोलाहिटी बस्ती छ । त्यही बस्तीमा प्रसिद्ध मूर्तिकार कृष्ण महर्जन बस्छन् । उनै मूर्तिकारको घरतर्फ शनिबार विहान बाजागाजा सहित हजारौं पाटनबासी पुगे ।

पाटनबासी कृष्ण महर्जनको घरसम्म ढोल बजाउँदै पुग्दा ढोलाहिटी बस्तीमा बेग्लै रौनक थियो । आकाश भैरवको मूर्ति शंखमुल घाटमा प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाटनबासी मूर्तिकार कृष्ण महर्जन दैलोसम्मै पुगे अनि मूर्ति लिएर हर्षोल्हाससहित शंखमुल फर्किएका थिए ।

पाटनका हरेक मन्दिरमा स्थापना गरिने मूर्तिको प्राणप्रतिष्ठामा यसरी नै बाजागाजासहितको लावालस्कर मूर्तिकारको घरसम्मै पुग्ने चलन छ । प्राणप्रतिष्ठा कार्यक्रममा परम्परागत भेषभुसासहित सहभागी युवायुवतीहरु धिमेबाजा बजाउने गर्छन् ।

नेवारी मान्यताअनुसार देह त्यागपछि आकाश भैरव रहेको देवस्थल पु¥याउनु सर्वोत्तम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप