मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्पेनबाट ५ जना संस्थापन र २ जना देउवा पक्षका महाधिवेशन प्रतिनिधि छनोट

सोमबार, २५ माघ २०७२, ११ : ०१
सोमबार, २५ माघ २०७२

स्विजरल्याण्ड - नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको चयन गरेको छ । गत शनिबार बसेको कार्यसमितिको बैठकले समितिका अध्यक्ष शालिक राम डुम्रे सँगै , पुर्ब अध्यक्षहरु एकराज गिरी र चिन्तामणी सापकोटा महासमिति सदस्यमा छनोट भएका छन् ।

महामिति सदस्यका लागि अध्यक्ष डुम्रे स्वत: रहने ब्यबस्था भए पनि अन्य दुई जनाको लागि पुर्ब अध्यक्षहरु पुष्प राज भण्डारी,एकराज गिरी र चिन्तामणी सापकोटा बीच निर्बाचन भएको थियो ।

डुम्रे र सापकोटा संथापक पक्षमा हुनुहुन्छ भने गिरि देउवातिर उभिन सक्ने सम्भावना रहेको स्रोत बताउछ । त्यस्तै गरि देउवा पक्षका पुष्प राज भण्डारी, संथापनका बिष्णु रिजाल, सन्तोष श्रेष्ठ र अर्जुन काफ्ले महाधिवेशन प्रतिनिधिमा सर्बसम्मत चयन भएका छन् । शनिबार बार्सिलोनामा बसेको कार्यसमितिको बैठकले प्रतिनिधिहरुको टुङ्गो लगाएको हो।

समितिले अध्यक्ष डुम्रेको संयोजकत्वमा राजु थापा र बिदुर गौतमलाई सदस्य राख्दै निर्बाचन समिति समेत गठन गरेको थियो । स्रोतका अनुसार ७ जना महाधिवेशन प्रतिनिधिमध्ये ५ जना संस्थापन पक्षका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप