बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ह्यान्डबलमा नेपालको विजयी शुरुवात

बिहीबार, २८ माघ २०७२, २० : ३२
बिहीबार, २८ माघ २०७२
गुवाहाटी– १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले बिहीबार विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो । महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले निराश पा¥यो । जितमा रन्जना राई र उमा राईले १०–१० गोल योगदान गरे । तीन राष्ट्र रहेको उक्त समूहमा भारत पनि छ । समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् । नेपालले शुक्रबार भारत विरुद्ध खेल्ने छ । कबड्डीमा हार १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल बिहीबार पराजित भएको छ । नेपाल भारतसंग ५१–१७ ले पछि परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप