बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दलाल प्रहरी फन्दामा, दुई चेलीको उद्धार

शुक्रबार, २९ माघ २०७२, १५ : ५६
शुक्रबार, २९ माघ २०७२

झापा–धादिङ जिल्लाबाट घुमाउने बहाना बनाएर नेपाली चेलीलाई सीमा क्षेत्र गलगलिया हुँदै भारततर्फ लैजान खोज्ने दुईजना दलाललाई आज जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही घर भएकी २४ वर्षीया सबिना तामाङ र भारत पानीघट्टा घर भएकी ३५ वर्षीया मुन्नु तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले धादिङ–७ बस्ने २३ वर्षीया पार्वती शाही र धादिङ–१ की २५ वर्षीय आशिका परियारलाई भारतको सिलगुढी घुमाउने बहाना बनाएर लैजाँदै गर्दा साना हातहरु नेपाल नामक संस्था भद्रपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज नेपाल र भारतको सीमा क्षेत्र गलगलियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

शाही र तामाङ दुबैलाई उद्धार गरिएको छ । उद्धार गरिएका दुबै चेलीलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा साना हातहरु नेपाल नामक संस्था भद्रपुरमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही नाकाबाट १५ दिनमा पाँचजना भूकम्प प्रभावित क्षेत्रबाट विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको चेलीको उद्धार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप