बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान पुनः लेखन हुँदैन : शिक्षामन्त्री पोखरेल

शुक्रबार, २९ माघ २०७२, १६ : ०३
शुक्रबार, २९ माघ २०७२

महोत्तरी–शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान कुनै पनि हालतमा पुनः लेखन नहुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घको प्रदेश नं २ को प्रथम प्रादेशिक भेलाको आज बर्दिवासमा उद्घाटन गर्दै संविधान जारी भएपछि देश नयाँ युगमा प्रवेश गरेको बताए ।

मन्त्री पोखरेलले हालको संविधान सामाजिक न्यायका पक्षमा विशवमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे ।

उनले पत्रकारले जनतालाई सुसूचित गराउन सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप