बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस नेतामाथि गोली हान्ने दुई पक्राउ

शुक्रबार, २९ माघ २०७२, १६ : १६
शुक्रबार, २९ माघ २०७२

जनकपुरधाम–धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज मुद्दा चलाएको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्नुपर्ने कारण हालसम्म खुल्न नसके पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले बताए ।

पिँठ्युमा गोली लागेका राइनको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडैं लगिएको छ । धनुषाको बालाबाखरमा गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेकाका स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

नेका नेता यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए। प्रहरी उपरीक्षक जोशीले यस घटनामा अनुसन्धन तीव्र पारिएको बताए । यस घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप