बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा सूचीकृत १३१ कम्पनी ‘क’ वर्गमा

शुक्रबार, २९ माघ २०७२, १६ : २८
शुक्रबार, २९ माघ २०७२

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीमध्ये १३१ कम्पनी ‘क’ वर्गमा परेका छन् ।

एक्सचेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको सर्तअनुसार ती कम्पनीको वर्गीकरण गरिएको हो । पुँजीबजारको सुरुवातदेखि क्रमशः ‘क’ वर्गका कम्पनी बढ्दै गई गत आर्थिक वर्षमा ११४ तथा चालु आवमा १३१ वटा कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका हुन् ।

नियमअनुसार चुक्ता पुँजी कम्तीमा रु दुई करोड हुनुपर्ने, साधारण सेयरधनीको सङ्ख्या कम्तीमा एक हजार हुनुपर्ने, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुपर्ने, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको हुनुपर्ने र आव समाप्त भएको छ महिनाभित्र उक्त आवको कारोबार तथा आय–व्यय विवरण पेस गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

नेप्सेका अनुसार आव २०५३/५४ देखि सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भएअनुसार आव २०५३÷५४ मा सातवटा कम्पनी मात्र ‘क’ वर्गका थिए । नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीका अनुसार वर्गीकरणअनुसार वाणिज्य बैंक समूहबाट २६, अन्य समूहबाट एक, जलविद्युत् समूहबाट तीन, होटल समूहबाट एक, बीमा समूहबाट १७, वित्त समूहबाट २५, विकास बैंक समूहबाट ५६ र उत्पादन तथा प्रशोधन समूहबाट एक कम्पनी ‘क’ वर्गमा परेका छन् ।

एक्सचेन्जमा आव २०७१÷७२ को अन्त्यसम्ममा सूचीकृत कुल २३५ वटा कम्पनीमध्ये निम्नलिखित १३० वटा सूचीकृत कम्पनीलाई उक्त प्रावधानअनुरुप चालु आव २०७२÷७३ मा ‘क’ वर्गमा वर्गीकरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप