सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कारको अभियोगमा कैद सजाय सुनाइएका फरार अभियुक्त पक्राउ

शनिबार, ०१ फागुन २०७२, १३ : ५३
शनिबार, ०१ फागुन २०७२

सिरहा – बलात्कारको अभियोगमा कैद सजाय सुनाएका एक फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्तहरु को खोजतलास गर्ने अभियानअन्तर्गत उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका – ४ वस्ने २२ वर्षीय रोशन कुमार सहानी रहेका छन् । उनलाई बलात्कार मुद्दामा २०७० साल माघ ६ गते २ वर्ष ५महिना ८दिन कैद सजाय भएको थियो । त्यस लगतै फरार रहेका सहानीलाई आफ्नै घरमा लुकिबसेको अवस्थामा पक्राउ गरिएको हो । उनीलाई जिल्ला अदालत सिरहामा पेश गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए । त्यस्तै सिरहा जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय सुनाइएका अर्का एक अभियुक्त पनि २८ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सिरहा चन्द्रउदयपुर–२ वस्ने ४० वर्षीय बिराज महतो भन्ने बिरन महतो रहेका छन् । उनलाई अदालतले १ महिना १५ दिन कैद तथा १ हजार ४ सय २५ रुपैयाँ जरिवाना अदालतले सुनाएको थियो । उनीलाई जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप