सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारत भ्रमणको एक महिनाभित्र प्रमको चीन भ्रमण : ज्ञवाली

शनिबार, ०१ फागुन २०७२, १४ : ३५
शनिबार, ०१ फागुन २०७२

म्याग्दी - नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबीच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बताएका छन् ।

प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर सम्बन्ध सुदृढीकरण हुने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीले एक महिनाभित्रनै चीनको पनि भ्रमण गर्नुहुने जानकारी दिए ।

मधेसी नेताको अनावश्यक हठका कारण पाँच महिनासम्म नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै सचिव ज्ञवालीले केही दिनमा गठनहुने राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको विवाद टङ्गो लगाउने बताए ।

नेपालमा जातीय राज्य तथा पहाड र मधेसलाई अलग गरिएको सङ्घीय व्यवस्था सफल नहुने ज्ञवालीले धारणा राखे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप