सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक करोडको लगानीमा कागज उद्योग

शनिबार, ०१ फागुन २०७२, १४ : ४२
शनिबार, ०१ फागुन २०७२

तनहुँ - जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोलेका छन् ।

गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गरेका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको ९ताऊ०सङ्ख्यासम्म नेपाली कागज उत्पादन हँुदै आएको उनले बताउनुभयो ।

तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उनले उल्लेख गरे । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ ।

कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ त्यस लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिए ।

उक्त उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप