सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महतोको प्रधानमन्त्रीलाई सुझाव : अहिलको अवसरको सदुपयोग गर्नुहोस् नत्र वैशाखमा 'घनघोर'आन्दोलन

शनिबार, ०१ फागुन २०७२, १४ : ५०
शनिबार, ०१ फागुन २०७२

काठमाडौ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुन नसक्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा महतोले भने,‘ प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन । भारतीय जनताको समर्थन मधेस आन्दोलनमा छ । मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन ।’ साक्षात्कारमा महतोले भारत विरोधी भावनाले नेपालको भलो नहुने भन्दै चीनसहितका मुलुकहरुले नेपालमा सहयोग गर्नु सकारात्मक भएकोले त्यसलाई अन्यथा रुपमा नबुझ्न आग्रह गरे । उनले जे विषय अहिले समाधान गर्न सकिन्छ त्यो अहिले नै समाधान गर्ने र नसकिने कुरालाई भोली गर्ने संकेत गर्नु पर्ने धारणा राखे । पछिल्लो समयमा चर्चामा रहेको सीमांकन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुने छ भनि लेख्नु पर्ने भनि राखेको अडानको सन्र्दभमा महतोले त्यस्तो कुनै अडान नरहेको संकेत गर्दै भने,‘ के के अहिले गर्ने, केके संयन्त्रले गर्ने ठोस कुरा आउनु पर्यो । अहिले त यो संयन्त्र हो कि षडयन्त्र थाहाँ छैन । कार्यादेशमा लेख्दैमा आउने नआउने हुँदैन । जे गरे पनि हुन्छ तर हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ । ’ मधेस आन्दोलन जारी रहेकोले अहिले केवल स्वरुप परिवर्तन मात्रै भएको उल्लेख गरेका महतोले अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नु पर्ने धारणा राख्दै नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए । उनले भने,‘ यो समयको सरकार र तीन दलले सदुपयोग गरेर समाधान खोज्नु पर्छ । जिम्मेवार र संबेदनशिल भए समाधान निष्कन्छ । बार्तामा टाईमपास गर्दै टालटुले प्रबृत्तिले आन्दोलन रोकिदैन । चैत्र बैशाखमा अहिलेको भन्दा घनघोर आन्दोलन हुन्छ ।’ मधेसी जनताको भावना अनुसार स्वरुप परिवर्तन गरेपनि मधेसमा जारी शान्तिपूर्ण अन्दोलन लक्ष्य प्राप्त नरहुन्जेलसम्म जारी रहने भन्दै महतोले आगामी आन्दोलनकोलागि आफूहरु अहिले शक्ति सञ्चयमा लागेको बताए । उनले भने,‘मधेसी जनता र दलहरु हारेका वा थाकेका होईनन । लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छ । अहिलेको समयमो सरकारले सकारात्मक रुपमा उपयोग गरे समाधान निस्कन्छ । नगर हामी आन्दोलनलाई अझै शसक्त रुपमा अगाडि बढाउन शक्ति सञ्चय गर्न उपयोग गर्छौ ।’ महतोले मोर्चाको विस्तार शक्ति सञ्चयको सुरुवात भएको भन्दै अर्को चरणमा संसदमा नरहेका तर आन्दोलनमा रहेका थारुहटसहितका आन्दोलनमा रहेका दलहरुलाई ल्याउने तयारी भईरहेको बताए । उनले प्रमुख तीन दलमा रहेका मधेसी जनजाति आदीबासी सभासदहरुलाई पनि साक्षात्कारमार्फत आफूलाई मतदान गर्ने मधेसी जनताको भावना अनुसार आन्दोलनमा सहयोग गर्न आब्हान गरे । महतोले बीरगञ्ज नाकामात्रै बन्द गरेर सरकारलाई दवाव नपरेकोले त्यसलाई निरन्तरता दिईरहनु आवश्यक नभएको भन्दै मधेसी मोर्चाले आफूलाई कारवाही गरेको कुरा मिडियाबाजी मात्रै भएको बताए । उनले भने,‘कुन नेताले के भने मलाई थाहा छैन । मिडियामा कारवाही भएको हो । मोर्चाले कारवाही गरेको छैन । सचेत गराउने भन्ने कुरा मोर्चाको आन्तरिक कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप