सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सरकारबारे प्रम ओली : अरुको नेतृत्वमा सम्भावना छैन

शनिबार, ०१ फागुन २०७२, १८ : ५६
शनिबार, ०१ फागुन २०७२

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र लोकतन्त्रलाई अझ बलियो बनाउन सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

विराटनगर आज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गत वैशाख १२ गतेको भूकम्पपछि नयाँ शिराबाट जसरी दलहरु एकबद्ध भएर संविधान निर्माण गरे, अब राष्ट्र निर्माणका लागि पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता महसुस गरिएको बताए । कसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने विषयमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “हालका लागि अर्को कुनै विकल्प छैन र अहिले त्यस्तो परिस्थिति पनि छैन । ”

उनले क्षेत्र र प्रदेश लगायत विषयका विवादलाई समाधान गर्नका लागि समिति गठन गरी सोको सिफारिसमा सबै दलले छलफल गरी सममाधान गरिने बताए ।

उनले पुरानै विषयमा विवाद गरिराख्नुभन्दा जनताको आवश्यकता र औचित्यमाथि ध्यान दिनुपर्ने स्पष्ट पार्दै अब विवादका बादल फाट्दै गएको र दूरी घट्दै गएको बताए ।

भारत भ्रममणको सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट दुबै देशबीचको मित्रता अझ प्रगाढ हुने बताए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहको प्रमुख आतिथ्य ग्रहणका लागि विराटनगर पुगेका हुन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप