सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ताइवानमा आएको भूकम्पबाट मर्नेको संख्या १०८ पुग्यो

शनिबार, ०१ फागुन २०७२, १७ : २४
शनिबार, ०१ फागुन २०७२

ताइपेन - ताइवानमा गत फेब्रुअरी ६ तारिखमा गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०८ पुगेको छ । सो शक्तिशाली भूकम्पबाट शनिबार बिहान ७ बजेसम्म १०८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९ जना बेपत्ता भएका छन् ।

स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो ।

ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको छ । भूकम्प गएको एक हप्तापछाडि पनि सो भवनमा अझै पनि नौ व्यक्ति वेपत्ता रहेका छन् ।

उद्धारकर्ताहरुले अझै पनि बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी राखेका र तर गत सोमबारयता जिवितै व्यक्ति भने उद्धार नभएका बताएको छ ।

ताइवानमा सन् १९९९ मा गएको ७।६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप