सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानका पूर्वगभर्नर अपहरित

शनिबार, ०१ फागुन २०७२, १७ : ३६
शनिबार, ०१ फागुन २०७२

इस्लामाबाद - अफगानिस्तानको हेरात प्रान्तका पूर्वगभर्नर इस्लामाबादको एक बजारमा अपहरणमा पर्नुभएको पाकिस्तानी प्रहरीले शनिबार जानकारी दिएको छ । पूर्वगभर्नर सयेद फज्लुल्लाह वाहिद शुक्रबार साँझमा अपहरणमा पर्नुभएको हो । वाहिद शुक्रबार साँझ आफ्नो नातीसँग एक रेष्टुरातर्फ जाँदै गर्दा अज्ञात व्यक्तिहरुले अपहरण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ । एक प्रहरी अधिकारीले नाम बताउने शर्तमा एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ । सो अपहरणको सुचना वाहिदका नातीले प्रहरीलाई दिएका जनाइएको छ । वाहिद बेलायती प्रवेशआज्ञा आवेदनको लागि इस्लामाबाद पुग्नुभएको थियो । ‘पूर्वगभर्नरको अपहरणको मुद्दा दर्ता गरेका छाँै र अनुसन्धान जारी रहेको छ’ इस्लामाबादका प्रहरी प्रवत्ता उल कमारले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप