सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोली हुने भनिएको अनेरास्ववियुको निर्वाचन सोमबारमात्र हुने

शनिबार, ०१ फागुन २०७२, १७ : ४०
शनिबार, ०१ फागुन २०७२

काठमाडौँ - नेकपा एमालेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ ।

युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार आज मतदातालाई कार्ड वितरणको कार्य भइरहेको छ भने निर्वाचन समितिले मतदानका लागि आवश्यक काम सुरु गरिसकेको छ ।

उनले भने – “देशभरिबाट एक हजार ५०० मतदाता रहेका छन् । यति ठूलो सङ्ख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १०-११ बजेबाट मात्र सुरु हुनेछ ।”

युनियनको जारी २२औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन् ।

आज नै नेकपा एमालेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

नेकपा एमालेले पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षतामा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको समिति गठन गरी निर्वाचन प्रक्रियामा सहयोग गर्न दिर्नेशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप