सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुनियर स्कुल प्रिन्सेस २०१६ को आवेदन फारम खुल्ला

शनिबार, ०१ फागुन २०७२, १७ : ५०
शनिबार, ०१ फागुन २०७२

काठमाडौं – विगत चार वर्षदेखि सिजन मिडियाले आयोजना गर्दै आइरहेको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको पाँचौं संस्करढाका लागि आवदेन फारम खुल्ला गरिएको छ । आवेदन फारम चैत्र १५ गते सम्म भरिसक्नुपर्ने र चैत्र १६ गते मंगलवार पहिलो चरणको छनौट सञ्चालन गरिने सिजिन मिडियाले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष प्रदीप राज वन्तका अनुसार प्रतियोगीहरुको प्रशिक्षण १७ चैतबाट सुरु हुनेछ । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए । जुनियर स्कुल प्रिन्सेस–२०१६ को फिनाले २०७३ साल ११ बैशाखमा हुनेछ । प्रतियोगिताको विजेतालाई जुनियर स्कुल प्रिन्सेस–२०१६ की वितेजाले मिनि ल्यापटप, मोवाईल, साईकल लगायतका विभिन्न उपहार प्रदान गरिने वन्तले जानकारी दिए । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उपाधि पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप