सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रायथलनमा नेपाललाई कांस्य

शनिबार, ०१ फागुन २०७२, १७ : ५०
शनिबार, ०१ फागुन २०७२

गुवाहाटी– भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद ‘साग’ मा ट्रायथोलनको महिला डिसिप्लिनमा रोजा केसीले कांस्य पदक जितेकी छिन् । गुवाहाटी स्थित ईन्दीरागान्धी एथलेटिक्स स्टेडियममा शनिवार भएको प्रतिस्पर्धामा उनले कांस्य जितेकी हुन् । निर्धारित दुरी रोजाले एक घण्टा १६ मिनेटमा पूरा गरेकी थिईन् । नेपालकी अर्की प्रतिस्पर्धी यमकुमारी घले पाँचौं स्थानमा रहिन् । उनले निर्धारित दुरी एकघण्टा २० मिनेट २९ सेकेन्डमा पुरा गरिन् । महिला ट्रायथोलनमा पौडी सातसय मिटर, साइक्लिङ २० किलोमिटर र पाँच किलोमिटर दौडमा प्रतिस्पर्धा भएको थियो । यस स्पर्धामा स्वर्ण र रजत भारतले जितेको छ । स्वर्ण जितेकी भारतकी पल्लबी रेतिवालले एकघण्टा ११ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गरेकी थिईन् । भने रजत विजेता पूरा चौरसियाले एकघण्टा १२ मिनेट ३६ सेकेन्डमा दुरी पूरा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप