सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस चितवनको सभापतिको निर्वाचन सोमबार

शनिबार, ०१ फागुन २०७२, १९ : ०५
शनिबार, ०१ फागुन २०७२

चितवन - नेपाली काँग्रेस चितवनको सभापति पदमा पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि रोकिएको निर्वाचन प्रक्रिया पर्सि सोमबार सुरुहुने भएको छ ।

पार्टीका सभापति सुशील कोइरालाको निधनका कारण गत मङ्गलबार पुनः निर्वाचन गर्ने तालिका रहे पनि स्थगन भएको थियो ।

सहायक निर्वाचन अधिकृत धु्रव पोखरेलका अनुसार सोमबार बिहान ११ देखि १ बजेसम्म सभापति पदका लागि मतदान हुनेछ । पहिलो चरणमा सभापति पदका उम्मेदवार जीतनारायण श्रेष्ठले ४१५ मत, दिनेश कोइरालाले २१३ मत, प्रकाश अधिकारीले १५१ मत, विजय भुसालले ३८ मत र देवेन्द्र गुरुङले ३३ मत प्राप्त गरेका थिए ।

पचास प्रतिशत कटाउन श्रेष्ठलाई ३२ मत अपुग भएपछि श्रेष्ठ र कोइरालाका बीचमा पुनः मतदान हुन लागेको हो । नेपाली काँग्रेस चितवनका ८९९ जना प्रतिनिधिले मतदान गर्दैछन् । सचिव र जिल्ला समिति सदस्य पदको मतगणना पनि सभापतिको निर्वाचनपछि गरिने पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप