सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवयुगको ह्याट्रिक : माल्दिभ्सलाई हराउँदै नेपाल १७ वर्षपछि फाईनलमा

आइतबार, ०२ फागुन २०७२, ०७ : ४८
आइतबार, ०२ फागुन २०७२

गुवाहाटी– माल्दिभ्सलाई हराउँदै नेपाली फुटवल टिम बाह्रौं दक्षिण एसियाली खेलकुद ‘साग’ को फाइनलमा प्रवेश गरेको छ । शनिवार भारतको गुवाहाटीस्थित इन्दीरागान्धी स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ को गोल अन्तरले पराजित गरेको हो । थप समयको अन्तिम मिनेटमा नवयुग श्रेष्ठले आफ्नो ह्याट्रिक पुरा गरे । आगामी सोमबार हुने फाईनमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । विमल घर्तिमगरको पासमा अन्जन तामाङले सुन्दर गोल गर्दै नेपाललाई खेलको १५ मिनेटमा अग्रता दिलाए । २३ औं मिनेटमा अहमेद नासिदको कडा प्रहारलाई गोलकिपर विकेश कुथुले बचाउँदा दर्शक दिर्घाबाट खुसीको ताली बजेको थियो । गुवाहाटी स्थित इन्दीरागान्धी स्टेडियममा नेपाली टिमका समर्थहरु उल्लेख्य संख्यामा थिए । खेलको २७ औं मिनेटमा विशाल राईको प्रहार बारमा ठोक्किएर फर्किएको थियो । ३३ औं मिनेटमा गोल हान्ने सुनौलो प्रयास गरेका नवयुग श्रेष्ठ विपक्षीको बार नजिकै लड्न पुगे । तर आफु लडेको दुई मिनेटमै नवयुगले मैदानमा खुसीको बहार ल्याईदिए । ३५ औं मिनेटमा नवयुगले प्रहार गरेको बलले जाली चुमेपछी नेपाली टिमले माल्दिभ्स विरुद्ध २–० को अग्रता बनायो । पहिलो हाफमा माल्दिभ्समाथी दवाव कायम गरेको नेपाली टिमका बिरुद्ध माल्दिभ्सका महम्मद हेम्जाले ५२ औं मिनेटमा गोल फर्काएका थिए । अहमेद नासिदको पासमा हेम्जाले गोल गरेसँगै खेल दुई–एकको अवस्थामा पुग्यो । ६२ औं मिनेटमा नेपालले गोलको सुनौले अवसर सिर्जना गरेपनी गोल हुन सकेन् । ६५ औं मिनेटमा रातो कार्ड खाँदै कमल श्रेष्ठ बाहिरिनु नेपालका लागी दुर्भाग्य थियो । कमल श्रेष्ठले मैदान छाडेसँगै दश खेलाडीमा सिमीत भएको नेपाली टिमका विरुद्ध माल्दिभ्सका अहमेद नासिदले बाराबरी गोल फर्काएका थिए । निर्धारीत समयमा खेल दुई–दुईको बराबरीमा रोकिएपछी थप गरिएको समयमा पाएको फ्रिकीक अवसरलाई प्रकाश वुढाथोकीले सदुपयोग गर्न सकेनन् । प्रकाशले प्रहार गरेको फ्रिकीक बंलगादेशका खेलाडीले रोकेका थिए । थप समयको दोस्रो हाफमा माल्दिभ्सका हसान नाईजले नेपालविरुद्ध गोल गरे । हसानको गोलसँगै तिन–दुईको अवस्थामा पुगेको नतिजा लामो समय टिक्नै पाएन । हसानले गोल गरेको केही मिनेटमै नेपाली टिमका नवयुग श्रेष्ठले किर्तीमानी दुई गोल गर्दै खेललाई चार–तिनको अवस्थामा फर्काईदिए । दक्षिण एसियाली खेलकदुको फुटबलमा नेपाल फाइनलमा पुगेको यो चौथो पटक हो । सन् १९८४ मा काठमाडौँमा भएको पहिलो संस्करणमा नै नेपाल च्याम्पियन भएको थियो । त्यसपछि सन् १९९३ मा नेपालले बङ्गलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा पनि फुटबलतर्फ स्वर्ण जित्यो । सन् १९९९ मा पनि नेपाल साग फुटबलको फाइनल खेलेको इतिहास छ । त्यतिबेलापनि फाइनल पुग्ने क्रममा नेपालले माल्दिभ्सलाई नै हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप