सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ऐतिहासिक जीतपछि राजुकाजीले भने, ‘केटाहरुले धेरै राम्रो खेले’

सोमबार, ०३ फागुन २०७२, २३ : ००
सोमबार, ०३ फागुन २०७२

गुवाहाटी– नेपाली फुटवल टिमका प्रशिक्षक राजुकाजी शाक्यले नेपाली टिमले धेरै राम्रो खेलेका कारण भारतमाथीको जित हात परेको बताएका छन् । सोमबार भारतको गुवाहाटीमा भएको सागको फाईनल भिडन्तमा भारतलाई दुई–एक को गोल अन्तरले पराजित गरेपछि शाक्यले भने, ‘केटाहरुले धेरै राम्रो खेले ।’ भारतीय खेलाडीहरुले पहिलो हाफमा राम्रो खेलेपनि उनिहरुको डिफेन्स कमजोर रहेको शाक्यले बताए । ‘उनिहरुको डिफेन्स कमजोर थियो’ शाक्यले भने, ‘दोस्रो हाफमा हामीले राम्रो गर्न सक्यौं ।’ भारतीय टिमका मावीमिङ्थाना र कुमन उदन्ता सिंह राम्रो खेलाडी भएको उल्लेख गर्दै शाक्यले भने, ‘हाम्रो डिफन्सको कमजोरीका कारण भारतले एक गोल हान्न सफल भयो ।’ भारतीय खेलाडीहरु आफ्नै मैदानमा पनी निकै दवावमा खेलको शाक्यले बताए । भरतीय टिमका प्रशिक्षक लि अलान जोन्सोनले खेल हारेपछि आफु निकै निराश भएको प्रतिक्रीया दिए । ‘दोस्रो हाफमा धेरै समस्या भयो’ जोन्सोनले भने, ‘दोस्रो हाफमा धेरै अवसर सिर्जना गरेपनी गोल हुन सकेन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप