सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुमा मनोनयन दर्ता सुरु

सोमबार, ०३ फागुन २०७२, २३ : ४२
सोमबार, ०३ फागुन २०७२

काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को २२औँ राष्ट्रिय सम्मेलनमा नयाँ पदाधिकारीका लागि मनोनयन दर्ता सुरु भएको छ ।

प्रतिनिधिसम्बन्धी विवादका कारण बिहानदेखि नै सुरु हुने भनिएको मनोनयन दर्ता प्रक्रिया साँझ मात्र सुरु भएको छ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र मतदान भने मङ्गलबार हुने जानकारी दिए ।

वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका हुन् ।

लामा समूहका उपाध्यक्षमा रश्मि आचार्य, सुतिता बराल, महेश बर्तौला र शैलेश लामा छन् । महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, आरसी लामिछाने, वसन्त ढकाल, मकर खड्का, जनजातिबाट अमृत बूढा, महिलाबाट कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर र कोषाध्यक्ष झपेन्द्र खत्री छन् ।

गौतम समूहका उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव छन् । महासचिवमा अब्दुल हुसेन खाँ, सचिवमा भीम रावल, सुरेश पराजुली, अशेष घिमिरे, जनजातिबाट गौतम राई, महिलाबाट आरती लामा, खुलाबाट भक्तकुमारी लामा, मधेसीबाट ओसिम आलम र कोषाध्यक्षमा कमल शाही छन् ।

त्यस्तै गौतम समूहमा अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्षमा प्रेम प्रधान, लेखा आयोगका अध्यक्षमा शिवजी गुप्ता र अनुशासन आयोगका अध्यक्षमा गिरेन राई छन् भने लामा समूहका आयोगका अध्यक्षमा तुलसीराम मैनाली, लेखा आयोगका अध्यक्षमा धर्मेन्द्र रोकाया, अनुशासन आयोगका अध्यक्षमा निशा अधिकारी तय भएका छन् । त्यस्तै लामा समूहको सचिवालय सदस्यमा उमेश आचार्य र नारायण घर्ती, सुदर्शन शिवाकोटी, मोती विकलगायत छन् ।

अनेरास्ववियुको १७ पदाधिकारीसहित १४२ जनाको केन्द्रीय कमिटी छ । माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने भनिएको सम्मेलन दुई दिन लम्बिएको छ । बिहीबार भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप