मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनलाई युरोप अमेरिका हैन, छिमेकी मुलुक रोजौँ

बुधबार, ०५ फागुन २०७२, १५ : ३५
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ– बङ्गलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तब्य बनाइनुपर्ने बताएका छन् ।

विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अव अन्य विकसित मुलुक नभइ छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरुको धारणा छ । बङ्गलादेश फाउन्डेसन अफ टुरिजम डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत राजु इक्युरामले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताजस्ता विशेषताले पर्यटन बजार विश्व बजारमा सम्भावना रहेको बताए । “हामी आज पर्यटक भित्र्याउने भनेर युरोप र अमेरिकालाई मात्रै लक्षित गर्छाँगर्छौ । तर आफ्नै छिमेकी मुलुकलाई हेर्दैनौ, छिमेकी देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ,”–उनले भने ।

विश्वमा हल्ला भएजस्तो भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा कुनै असर नपरेको र यहाँको सुन्दरतामा अझै आयाम थपिएको बताउँदै कार्यकारी अधिकृत राजुले पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश र नेपालले आपसमा पुलको काम गर्नुपर्नेमा जोड दिए गरी प्रवद्र्धनात्मक कार्यका लागि दुई देशबीच समन्वयका साथ काम गर्न जरुरी भएको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले नेपालको पर्यटनक्षेत्र पहिलाकै अवस्थामा पुगेको र पर्यटकको पर्खाइमा रहेको जानकारी दिए । । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० पर्यटनको क्षेत्रीय हब बन्ने दरिलो आधार खडा भएको उनको भनाइ छ ।

बङ्गलादेशका पर्यटन व्यवसायी ‘टुर’ अप्रेटर र मिडियासहितको टोलीले केहि दिनअघि नेपालका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो । काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीको अवलोकन भ्रमण गरी उनीहरुले नेपाली पर्यटन निकायसँग अनुभव आदनप्रदान गरेका थिए । सहभागी अन्यले पनि भूकम्पबाट नेपालको पर्यटनको सुन्दरतामा कुनै असर नपरेको बताए ।

आयोजक अभिवादन होलिडेका सिइओ उमेश गुप्ताले नेपालको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा रहेको र छिमेकी देश मात्र नभई विश्व बजारमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले बङ्गलादेशी टोलीलाई अवलोकन भ्रमण गराइएको जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप