सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा परी २८ जना घाइते

बुधबार, ०५ फागुन २०७२, १६ : २८
बुधबार, ०५ फागुन २०७२

नवलपरासी-नवलपरासीमा आज तीन बस एकापसमा ठक्कर खाँदा २८ जना घाइते भएका छन् जसमध्ये छको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी तीनवटै बसका गरी २८ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते १० जनाको अहिले भरतपुरमा उपचार भइरहेको छ । त्यसैगरी, अन्य १८ जनाको अहिले कावासोतीमा उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ कावासोती सडकखण्डको खरकट्टा जङ्गलमा सो दुर्घटना भएको हो । नारायणगढबाट डन्डा आउँदै गरेको स्थानीय रुटमा चल्ने ना २ ख ७९०८ नम्बरको बस, नारायणगढबाट बुटवल जाँदै गरेको ना ५ ख ५००६ को बस र अर्किड कलेज भरतपुरको ना १ ख ४८०० नम्बरको बस एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप