सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सीमाङ्कन समस्या समाधान हुनुपर्छ : अध्यक्ष महतो

बुधबार, ०५ फागुन २०७२, १६ : ३१
बुधबार, ०५ फागुन २०७२

मोरङ-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसरी भए पनि डेढ महिनाभित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महतोले सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए ।

उनले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । उनले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता माग पूरा नगरी निर्माण गर्ने संयन्त्रले कुनै अर्थ नराख्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप