सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

बुधबार, ०५ फागुन २०७२, १६ : ४८
बुधबार, ०५ फागुन २०७२

झापा-झापाको गरामनी–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरामनी–४ निवासी ९ वर्षीय बालक अमृत तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा पैदल हिँडिरहेका बालकलाई तीव्रगतिमा रहेको को ७ प ४१३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप