सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्राइम अपडेट : २४ घण्टाभित्र देशभर के-के घटना घटे ?

बुधबार, ०५ फागुन २०७२, १७ : ३२
बुधबार, ०५ फागुन २०७२

काठमाडौं- आज माघ ५ गते । देशभर कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार २४ घण्टाभित्र देशभर घटेका घटना यस्ता छन् :

संरक्षित तथा दुर्लभ हुचिल सहित पक्राउ काठमाडौँ : संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिल सहित ७ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा फुजेल–७ बस्ने २५ बर्षीय बिष्णु अमगाई, गोरखा फुजेल–१ बस्ने १९ बर्षीय सुमन लामिछाने, गोरखा बोर्लाङ–९ बस्ने २२ बर्षीय दीपराज रेग्मी, गोरखा चउरपानी– ३ बस्ने ३६ बर्षीय बीरमान गुरुङ, झापा कोहवारा–१ बस्ने ३७ बर्षीय पृथ्वी चेमजोङ, मोरङ पथरी–१४ बस्ने ४५ बर्षीय बीर बहादुर खत्री र ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ४३ बर्षीय भुवेन लामा रहेका छन् । तीन करोड रुपैयाँमा बिक्री बितरण गर्ने उदेश्यले हुचिल राखेको अवस्थामा तारकेश्वर नगरपालिका–८ बाट उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट बा.१३ च ४१४२ नम्वरको गाडी, बा.३७ प ७३९२, बा.५३ प ८८१९ मोटरसाइकल र बा.५२ प ३४९८ नम्वरको स्कुटर समेत बरामद गरेको छ । उनीहरुलाई प्रहरीले आवश्यक कानूनी करवाहीको लागि बुधबार जिल्ला बन कार्यालय हात्तिसारमा पठाएको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते संखुवासभा : माम्लीङ–१ स्थित काठ लोड गरेको ना.३ ख ३०३५ नम्वरको ट्रकबाट खसेर सह–चालक मोरङ रमाईलो–८ बस्ने २६ बर्षीय राजु लिम्बुको बुधबार घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा : गरामनी–३ बस्ने कर्ण बहादुर तामाङको ९ बर्षीय छोरा अमित तामाङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सोही ठाउँ स्थित भद्रपुर बिर्तामोड सडकखण्डमा मे.७ प ४१३८ नम्वरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि भद्रपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी : कावासोती नगरपालिका–१३ हरकट्टा स्थित लोकमार्गमा ना.२ ख ७९०८, ना.५ ख ५००६ नम्वरको बस र ना.१ क ४८०० नम्वरको अंकित बिज्ञान तथा व्यवस्थापन कलेज भरतपुरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ वटा यात्रु बाहक बसका चालक सहित २६ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय मेडिकल नवलपुरमा लगिएकोमा ८ जना गम्भीर घाइतेलाई थप उपचारको लागि भरतपुरतर्फ लगिएको छ । फरार ना.१ ख ४८०० नम्वरको बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ । नवलपरासी सुनवल–७ ज्यामिरे स्थित लोकमार्गमा लु.१ ख ३०२४ नम्वरको माइक्रोबस सडकमा पल्टेर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि देवदह मेडिकल कलेज रुपन्देहीमा लगिएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ । झापा : जलथल–६ सनराईज बगान स्थित भित्री सडक खण्डमा ना.४ ख ५५३४ नम्वरको बस बुधबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा ११ जना घाइते भएकोले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

मृत अवस्थामा फेला काठमाडा : कार्यबिनायक नगरपालिका–४ मगरगाउँ बस्ने मकवानपुर छतिवन–४ घर भएका ४० बर्षीय चित्र बहादुर बल र वतन नखुलको २५ बर्षीय मिलन भन्ने व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ललितपुर कार्यबिनायक नगरपालिका–४ मगरगाउँ स्थित थन बहादुर अधिकारीको निर्माणधिन घरमा पेन्टर र टायल बिछ्याउने काम गर्ने उनीहरु बुधबार सुतेको स्थानमा मृत फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट क्षति

बारा : लिपनिमाल–८ स्थित सौरब अग्रवालको पशुपति कुट फ्याक्ट्रीमा बुधबार पुरानो कुट राखेको कोठामा बिद्युत सर्ट भएर आगलागी करीव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–२ मानेभञ्ज्याङ स्थित मानेभञ्ज्याङ स्वास्थ्य चौकीको कम्पाउण्डमा रहेको सेभ द चिल्ड्रेन नामक संस्थाले दिएको टेण्टमा स्वास्थ्य चौकीको प्रयोजनको लागि राखेको औषधी लगायत कागज पत्रहरुमा बुधबार आगलागी भएर करीव ९ लाख ५० हजार रुपैयाँ बरावरको क्षति भएको छ । धादिङ : जोगिमारा– ३ डुङखु बस्ने बिष्णुहरी अर्यालको घरमा बुधबार आगोलागी हुँदा करीव २ लाख रुपैयाँ वरावरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप