सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ काँग्रेसमा बानियाँ

बुधबार, ०५ फागुन २०७२, १८ : ३९
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ - नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।

आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिएका छन् । कुल खसेको एक हजार २२२ मतमध्ये बानियाँ ६५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी भीमसेनदास प्रधानले ५६५ मत प्राप्त गरे ।

यस्तै, सचिव र कोषाध्यक्षमा बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित भए । नकर्मीले ६६९ र पुडासैनीले ६४९ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप