मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाटोजको साधारणसभा फागुन १८ मा, चन्दलाई प्रमुख निर्वाचन अधिकृत तोकियो

शुक्रबार, ०७ फागुन २०७२, १७ : ५८
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को निर्वाचन तथा बार्षिक साधरणसभा फागुन १८ गते हुने भएको छ । संघको सचिवालयमा आज शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । साधरण सभासँगै हुन लागेको निर्वाचन प्रयोजनका लागि (टूर्गान) का हालै नवनिर्वाचित अध्यक्ष तथा अधिवक्ता नगेन्द्र चन्दलाई निर्वाचन प्रमुख अधिकृतको रुपमा मनोनयन गरिएको छ । यसका साथै संघका तर्फबाट साधरणसभालाई भव्य र सभ्य बनाउनका लागि व्यापक रुपमा लाग्ने र पर्यटन प्रवद्र्धनसँग सम्बन्धीत ऐतिहासिक निर्णयहरु गर्ने पनि नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले बताए । यो साधारण सभाले पर्यटन पत्रकारहरुको साखलाई अझ उच्चो बनाउने बताउँदै पर्यटन पत्रकारका नाममा खेलवाड गर्ने तत्वहरुलाई बढार्ने उनको भनाई छ । यसका साथै संघले सदस्यता नविकरण नगरेका सदस्य पत्रकार साथीहरुलाई नविकरण गर्न र नयाँ लिन चाहने सम्बद्ध पत्रकारले पनि यही फागुन १५ गतेभित्र सदस्यता लिई सक्न आह्वान समेत गरेको छन् । साधरणसभामा पर्यटन व्यवसायसँगै सामाजिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई अभिनन्दन गर्ने पनि जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप