‘१५ वर्षमै विपिन कार्की प्रेममा थिए’
काठमाडौं – पछिल्लो समय चर्चा र डिमान्डमा रहेका अभिनेता मध्येका एक हुन्, विपिन कार्की । विपिन कार्की भन्दा धेरैले उनलाई नचिन्न पनि सक्छन् । तर ‘भष्मे डन’ भनेर सम्बोधन गर्ने हो भने उनलाई नचिन्ने कोही छैन । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद’मा उनले निर्वाह गरेको भष्मे डनको भूमिका दर्शकले निकै रुचाए । कतिपयले त बाटोमा हिँड्दा समेत उनलाई भष्मे डन भनेर समेत बोलाउने गरेका छन् ।
हुन त विपिनले डनको भूमिका निर्बाह गरेको यो नै पहिलो चलचित्र होइन । उनले चलचित्र ‘छड्के’मा बिन्दु र ‘लुट २’मा पितले डनको समेत भूमिका निर्बाह गरेका छन् । तर पनि उनको भष्मे डनको छाप अन्य भूमिकाले मेटाउन सकेन ।
रंगमञ्च हँुदै चलचित्रमा होमिएका विपिन बिराटनगर महानगरपालिकाका रैथाने हुन् । अभिनेता अर्जुन कार्कीको भाई समेत रहेका विपिनको अभिनित अर्काे चलचित्र ‘जात्रा’ पनि बक्स अफिसम सफल मानिएको छ ।
चलचित्र अभिनयमा लगातार सफलता हासिल गरेका विपिनको केही पहिले १७ लाख पारिश्रमिकको समाचार पनि बाहिर आएको थियो । सो समाचार सहि भएको उनले पुष्टी समेत गरेका छन् ।
विपिन अचेल चलचित्र लालपुर्जाको कारणले चर्चामा छन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रमा आफ्नो भूमिका अन्य चलचित्रको भन्दा फरक भएको उनको दाबी छ । चलचित्रमा राम्रा राम्रा कलाकारको मिश्रण भएकोले चलचित्र चल्ने उनी अनुमान लगाउँछन् ।
यो चलचित्रमा उनलाई हलीको रुपमा देख्न सकिन्छ । तराइको बासिन्दा भएपनि हलिको भूमिका निर्वाह गर्न आफुलाई निकै कठिन भएको उनले सुनाए ।
सिम्पल लिभिङ हाइ थिङ्किङ रुचाउने विपिन अहिले त विवाहीत हुन् । तर उनले पहिलो प्रेम अनुभव भने १५ बर्षको उमेरमा गरेका थिए । अर्काे स्कूलमा पढ्ने एक
युवतीसँग पहिलो प्रेम बसेको बताउने विपिनको सो प्रेम त्यतिकै हरायो । सायद त्यसैले पनि होला उनी त्यो हिलो प्रेमलाई आकर्षण मात्र भन्न रुचाउँछन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालपुर्जा’ र विपिनको व्यक्तिगत जीवनका बिषयमा गरिएको कुराकानी भिडियोमा पनि ।
भिडियोमा समस्या भए यहाँ क्लिक गर्नुहोस्