मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाटोज निर्वाचनको मनोनयन दर्ता फागुन १६ मा

आइतबार, ०९ फागुन २०७२, १६ : ०८
आइतबार, ०९ फागुन २०७२

काठमाडौं–देशैभरका पर्यटन पत्रकारहरुको सञ्जाल राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को निर्वाचनमा उमेद्धारहरुको मनोनयन कार्यतालीका सार्वजनिक गरीएको छ । १६ फागुनमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनिक गरेको (नाटोज)ले सोही दिन ३ बजेभित्रमा उमेद्धारहरुको मनोनयन दर्ता गरीसक्नुपर्ने समय तोकेको छ । यसका साथै मनोनयन फिर्ता लिन चाहने उमेद्धारहरुले फागुन १७ गते दिउँसो २ बजेभित्रमा मनोनयन फिर्ता लिन सक्नेछन् । यसैगरी सोही दिन दिउँसो ३ बजे उमेद्धारहरुको नामावली प्रकाशन गरीनेछ भने ४ बजेभित्रमा उमेद्धारहरु माथीको दाबीबिरोधको समय तोकीएको छ । यसरी क्रमशः सोही दिनको ५ बजे उमेद्धारहरुको अन्तिम नामावली प्रकाशन गरीनेछ । फागुन १८ गते सिडब्लु पार्टी हल कमलादीमा हुने (नाटोज)को मतदान बिहान ८ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने प्रमुख निर्वाचन अधिकृत नगेन्द्र चन्दले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप