बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुनःनिर्माणमा आत्मबल बढ्यो : प्रधानमन्त्री ओली

मङ्गलबार, ११ फागुन २०७२, १७ : ३४
मङ्गलबार, ११ फागुन २०७२

भारत–भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताएका छन् ।

भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पु¥याएको थियो ।

भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको वताए । उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप