बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अकुत कमाएको भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर

मङ्गलबार, ११ फागुन २०७२, १७ : ३८
मङ्गलबार, ११ फागुन २०७२

काठमाडौं–भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट हुँदा अकुत सम्पति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. केशवराज भुर्तेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाईदा लिँदै कलेजको जग्गा भाडामा दिई आफुले फाईदा लिएको र अस्पताललाई हानी पुर्याएको ठहर गर्दै मंगलबार उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रका अनुसार भुर्तेलले पदमा छँदा आफ्नो सेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रशेन गर्दै गैह्रकानुनी रुपमा रकम असुल गरेका थिए । सार्वजनिक पदमा रहँदा भुर्तेलले भरतपुर–११मा बंगला, चितवन मेडिकल कलेजमा ६७ लाखेको शेयर लगानी, कलंकीमा बंगला, नवलपरासीको गैंडाकोट लगायतका स्थानमा चलअचल सम्पती आर्जन गरेको भन्दै अख्तियारले दुई करोड ६३ लाख बिगो माग दावी गरेको छ । पदमा बहाल रहँदा भुर्तेलले आफ्नी श्रीमती रुक्मणी भुर्तेलको नाममा पनि स्रोत नखुलेको चलअचल सम्पतीहरु राखेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी कायम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप