सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिडिओलाई थप्पड हान्ने पूर्व मन्त्रीलाई २ हजार जरिवाना

शनिबार, १५ फागुन २०७२, ०३ : ३७
शनिबार, १५ फागुन २०७२

वीरगन्ज - पर्साका प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले रु दुई हजार जरिवाना गरेको छ ।

वीरगन्ज आउँदा सिमरा विमानस्थलमा पुरानो गाडी उपलब्ध गराइएको विषयलाई लिएर तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री बेगमले २०६६ साल कात्तिक २४ गते उनकै कार्यकक्षमा हातपात गरेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी माथि हातपात गरेको अभियोगमा कृषिराज्यमन्त्री बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारी भण्डारीका सुरक्षागार्ड (अङ्गरक्षक) ले मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजालसले बिहीबार पूर्वराज्यमन्त्री बेगमलाई रु दुई हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप