मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन घुम्न जाने सौराहा ? (हेर्नुहोस् १९ तस्विर)

शनिबार, १५ फागुन २०७२, १० : ५४
शनिबार, १५ फागुन २०७२

सौराह– घुमफिरका लागि हामीकहाँ धेरै रमणीय ठाउँ छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्र्डलाइफ पर्यटन, टे«किङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रसिद्ध नै छ । विभिन्न ठाँउ पनि प्रर्यटनका लागि चर्चित छन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्य थल चितवनको सौराहा प्रर्यटनका लागि प्रसिद्ध छ । सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित ठाँउ हो । सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्ट छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु र पंक्षीले नै सौराहा प्रर्यटनका लागि केन्द्रबिन्दु बनेको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तु हेर्नु, राप्ती नदीमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षण हुन् ।

करिव ४० प्रतिशत वनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउन बर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गरेको होटल ग्रिन पार्कका संचालक केशव पाण्डेले बताए । यहाँ विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त आउने गरेको उनले बताए । पछिल्लो समय यहाँकोे व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेको समेत उनले बताए ।

स्थलमार्गबाट राजधानी प्रवेशद्धार चितवनमा रहेको सौराहा सबैका लागि सजिलो गन्तव्य हो । विहान गएर बेलुका फर्किनसमेत सक्ने सौराहा नेपालीका लागि आकर्षक गन्तव्य बनेको छ ।

हात्ती चढेर जंगल सफारी सौराहाको मूख्य आकर्षण हात्ती सफारी आमसर्वसाधारणका लागि नयाँ स्वाद चखाउने चिज हो । निकुञ्जभित्र निजी हात्ती लैजान बन्देज लगाइएपछि हात्तीबाट निकुञ्ज सफारी गर्न नपाएपनि व्यवसायीहरुले नजिकैको सामुदायिक बनमा सफारी गराउँछन् । अहिले सौराहामा ५२ वटा निजी क्षेत्रका हात्तीले पर्यटकलाई जंगल सफारी गराउँदै आएका छन् ।

सौराहामा हात्ती सहकारीमार्फत हात्ती सफारी सञ्चालन गरिदैँ आएको छ । सहकारीले हात्तीबाट जंगल सफारी गरेको स्वदेशी पर्यटकलाई १२५० सय पचास रुपैयाँ, भारतीय पर्यटकलाई १४६० रुपैयाँ र विदेशी पर्यटकलाई १६ सय साठी रुपैयाँ लिने गरेका छन् । यी हात्तीले बागमारा जंगलमा सफारी गराउँछन् । हात्ती सफारी गर्न ५ वर्षको बच्चादेखि ८० र ९० वर्षसम्मका बुढा बुढीहरु समेत पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।

हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छी हेर्न पाइन्छ । साथै, जंगलभित्र देखिने घाँसे मैदानहरुले पनि मन आकषिर्त पार्छन् ।

डुङ्गा सयर

सौराहामा डुङ्गा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ । साथै, सूर्यास्त पनि देख्न पाइन्छ । डुङ्गा सेयर गरिरहँदा गोही देख्न पाउनु अर्को आकर्षक पक्ष हो । दुई किसिमको गोही घोडियाल र मगडको समेत अवलोकन गर्न पाइन्छ । चर्को घाम लागेको बेला गोही बाहिर आएर घाम ताप्ने भएका कारण प्रस्शस्तै मात्रामा बाहिर देख्न पाइन्छ ।

छुट्टै कल्चर थारु संस्कृती, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । सौराहाको अर्को अकर्षण हो, थारु कल्चरल डान्स । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा उसको भ्रमण अधुरो नै रहने बुझिन्छ ।

तस्विर : अनिल चौधर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप