मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक डुलाएर साढे दुई करोड आम्दानी

आइतबार, १६ फागुन २०७२, २० : ०३
आइतबार, १६ फागुन २०७२

चितवन–जिल्लाको बाघमारा मध्यवर्ती सामुदायिक वनले पर्यटक डुलाएर साढे दुई करोड बढी आम्दानी लिन सफल भएको छ ।

गतवर्ष सो वनले रु दुई करोड ५९ लाख आम्दानी गरेको थियो । उक्त सामुदायिक वनका अध्यक्ष विपी चौधरीका अनुसार यो वर्ष भूकम्प र नाकाबन्दीका कारण आम्दानी घटेको छ । सौराहा नजिकै रहेकोले अधिकांश पर्यटक, डुङ्गा सफारी र हात्ती सफारी गरेर गैँडा हेर्न उक्त वन जाने गरेका छन् ।

“मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हुन्” उनले भने । सो वनले हात्ती सफारीबाट रु ७९ लाख ५० हजार, डुङ्गा सयरबाट रु एक करोड नौ लाख, मचान र प्रवेश शुल्कबाट रु तीन लाख, संरक्षण शुल्क रु एघार लाख तथा काठ दाउराबाट रु ६ लाख ५० हजार आम्दानी गरेको कोषाध्यक्ष ध्रुव खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप