सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर जिविसको कुल बजेट पाँच अर्ब ३१ करोड

बिहीबार, २० फागुन २०७२, ११ : २६
बिहीबार, २० फागुन २०७२

ललितपुर-आव २०७३/७४ का लागि जिल्ला विकास समिति, ललितपुरको कुल बजेट रु पाँच अर्ब ३१ करोड ७२ लाख ९० हजार १०० हुने भएको छ ।

जिविसद्वारा बुधबार आयोजित २५औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गर्दा यसको जानकारी दिइएको हो । कुल बजेटमध्ये आन्तरिक आयतर्फ रु १३ करोड २७ लाख ५८ हजार रहेको स्थानीय विकास अधिकारी पशुपति पोखरेलले बताए ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त अनुदान रु ३६ करोड ९२ लाख २० हजार रहेको छ । प्राप्त अनुदानबाट निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ रु चार करोड ९५ लाख खर्च गरिने भएको छ ।

यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमतर्फ रु पाँच करोड ५० लाख प्राप्त अनुदानबाटै खर्च गरिने उहाँले बताए । अन्य अनुदानतर्फ रु ७४ लाख र भारतीय राजदूतावासबाट कार्यक्रमका लागि रु दुई करोड ९० लाख रहेको छ ।

कुल बजेटमध्ये चालुतर्फ रु १५ करोड ६६ लाख ५२ हजार र पुँजीगततर्फ रु ३४ करोड ५३ लाख २६ हजार प्रस्तावित गरिएको छ । प्रस्तावित बजेटको ३१ दशमलव २१ प्रतिशत चालु बजेट र ६८ दशमलव ७९ प्रतिशत पुँजीगत बजेट रहेको अधिकारी पोखरेलले बताए ।

यसैगरी, सडकतर्फ रु ३९ करोड २० लाख, खानेपानी शीर्षकमा ४५ लाख, सिँचाइअन्तर्गत रु पाँच लाख, भवन निर्माणतर्फ रु एक करोड २५ लाख रकम बजेटमा समावेश गरिएको छ । यस्तै, भौतिक पूर्वाधार निर्माणतर्फ रु एक करोड २५ लाख तथा बालबालिका शीर्षकमा रु २१ करोड ४२ लाख छुट्याइएको छ ।

उक्त बजेटले महिला शीर्षकमा रु २२ करोड ६८ लाख तथा अन्य लक्षित समूह कार्यक्रमतर्फ रु ४७ करोड २५ लाख रकम रहेको छ । उक्त बजेटले कृषितर्फ रु ३४ करोड ४४ लाख रकम छुट्याइएको छ ।

यसैगरी, चालु आवभित्र रु १५ करोड ५४ लाख ८४ हजार ५९५ राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ । यो रकम आव २०७१÷७२ को यथार्थ रु १४ करोड दुई लाख ३९ हजार ५७६ भन्दा १० दशमलव ८७ प्रतिशतले बढी र आव २०७२÷७३ को अनुमानित रु १६ करोड ४७ लाख ६८ हजारभन्दा ५ दशमलव ६३ प्रतिशतले न्यून रहेको जनाइएको छ ।

यसैगरी, आव २०७३÷७४ को बजेट तर्जुमा गर्दा विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । उक्त बजेटले नवीकरणीय ऊर्जाको प्रवद्र्धन, भूकम्पपछिको पुनःनिर्माण, विपद् न्यूनीकरण, कृषि क्षेत्रको आधुनिकीकरण, पिछडिएको जाति, समुदाय तथा भौगोलिक क्षेत्रको उत्थान एवम् विकासमा जोड दिएको छ । रोजगारमुखी समावेशी आर्थिक विकासमा समेत बजेटको प्राथमिकता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप